FAQs Complain Problems

ग्यालरी

साकेला गाउँपालिकालाई पूर्ण रुपमा सरसफाईमैत्री पालिका निर्माण गर्ने अभियान अन्तर्गत वडा नम्बर ३ खिदिमामा डष्टबिन राखिएको छ । गाउँपालिकास्थित पूर्ण सरसफाई कार्यक्रम मार्फत वडाका विभिन्न २९ वटा स्थानहरुमा डष्टबिन राखिएको हो । गाउँपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि हरेक वर्ष बजेट बिनियोजन गरि सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ ।गाउँपालिकालाई केही वर्षभित्रनै सरसफाईको क्षेत्रमा उत्कृष्ट बनाउने योजना मुताबिक विभिन्न सरसफाईको कार्य गरिँदै आईएको छ । सरसफाई अन्तर्गत पालिकाभित्रका सरकारी तथा गैरसरकारी कार्यालय, बजारक्षेत्र, पार्क, धार्मिकस्थल, विद्यालय र संघसंस्थाहरुमा फोहोरमैला व्यवस्थापन

मिति: 02/05/2024 - 11:08

साकेला गाउँपालिकामा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी स्कृनिङ शिविर आईतबार बाट सुरु गरिएको छ । टोल तथा बस्तिहरुमा रहेका महिलाहरुको स्वास्थ्य सम्बन्धी विभिन्न किसिमको समस्याहरुलाई समाधान गर्ने उदेश्यका साथ साकेला गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो।

मिति: 02/05/2024 - 10:15

सिप सिकाएर रोजगार सृजना गर्ने उदेश्यका साथ साकेला गाउँपालिका खोटाङको आयोजनामा सञ्चालन गरिएको गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत व्यवसाय सचेतना, लैङ्गिक समानता र सामाजिक समावेशी तालिम सम्पन्न गरिएको छ । साकेला गाउँपालिकाको वडा नम्बर-३ खिदिमास्थित किवामा गत पौष १७ गतेदेखि पौष २४ गतेसम्म सञ्चालन गरिएको तालिममा १६ जना स्थानीयहरुको सहभागि रहेका थिए भने गत माघ ३ गतेदेखि माघ १० गतेसम्म बोपुङमा सञ्चालन गरिएको तालिममा १९ जना स्थानीयहरु सहभागि रहेका थिए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राई, ३ नम्बर वडाका वडाध्यक्ष गोविन्द तामाङ लगायतको उपस्थितिमा त

मिति: 01/24/2024 - 19:22
, ,

साकेला (९ माघ, २०८०)- स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाई नागरिकको पहुँच सम्म सहज सुविधा पुर्याउने उद्देश्यका साथ साकेला गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पोष्पेड सिमकार्ड सहित स्मार्ट फोन उपलब्ध गराईएको छ । गाउँपालिका प्रमुख रवि प्रकाश राईको निर्देशन अनुसार एक वटा आधारभूत अस्पताल सहित तीन वटा स्वास्थ्यचैकी र तीन वटा सामुदायिक स्वास्थ्य इकाई केन्द्रलाई सिम र फोनसेट उपलब्ध गराईएको हो । २४ सै घण्टा सेवाग्राहीलाई अत्यावश्यक परेको समयमा सम्पर्क गर्नको लागि उक्त फोन उपयोगी हुने गाउँपालिका प्रमुख राईले बताउनुभयो । वितरण गरिएको फोन स्‍वास्थ्य इञ्चार्ज र इञ्चार्ज नभएको अवस्थामा निम

मिति: 01/23/2024 - 22:39
, , , , ,

अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम संचालनका लागि अपाङ्गता भएका क्षेत्रमा काम गर्दै आएको करुणा फाउण्डेसन नेपाल र साकेला गाउँपालिकाबीच सम्झौता भएको छ ।

गाउँपालिकाको तर्फबाट अध्यक्ष रवि प्रकाश राई, निमित प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई तथा करुणा फाउण्डेसन नेपालका व्यवस्थापक सन्तोष घिमिरे र वरिष्ठ कार्यक्रम अधिकृत गिता त्वानावासु र साकेला गाउँपालिका संयोजक रुपा श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । प्रदेश सरकार सामाजिक मन्त्रालयले सुरु गरेको कार्यक्रममा तीन पक्षीय लागत साझेदारी रहने छ ।

मिति: 01/17/2024 - 14:57
, ,

साकेला गाउॅपालिकाको शिक्षा शाखाद्वारा आयोजित अन्तर विधालय स्तरीय प्रतियोगितात्मक कार्यक्रम साकेला गाउॅपालिकाका प्रमुख रवि प्रकाश राईको प्रमुख आथित्यतामा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न प्रतियोगितात्मक अतिरिक्त कृयाकलापहरु सन्चालन गरिएको थियो॥

मिति: 12/18/2023 - 12:09
,

२० औं महिला सामूदायिक स्वास्थ्य स्वयंम सेविका दिवसकाे अवसरमा साकेला गाउँपालिकाद्वारा आयाेजित हाजिरी जवाफ प्रतियाेगिता कार्यक्रम साकेला गाउँपालिका उपाध्यक्ष बिर्सिका राईकाे प्रमुख आथित्यतामा सम्पन्न भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राईकाे सभापतित्वमा सम्पन्न भएको हो।

मिति: 12/12/2023 - 15:42
, ,

"Unite invest to prevent violence against women and girls" अर्थात लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मूल नाराका साथ मनाईएको लैङ्गिक हिँसा बिरुद्धकाे १६ दिने अभियानकाे सन्दर्भमा साकेला गाउँपालिकास्थित महिला तथा बालबालिका शाखाकाे आयाेजनामा आयाेजित एक दिवशिय सचेतना मूलक प्रशिक्षण कार्यक्रम गाउँपालिका प्रमुख रवि प्रकाश राईकाे प्रमुख आथित्यतामा सम्पन्न भएको छ । उपाध्यक्ष बिर्सिका राईकाे अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा विषयविज्ञकाे रुपमा पूर्व सविधानसभा सदस्य दुर्गाजयन्ती राईकाे उपस्थिति रहेकाे थियाे । प्रशिक्षण कार्यक्रम सुरु हुनुभन्दा अगाडि उप

मिति: 12/12/2023 - 15:38
,

साकेला गाउँपालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाई पूर्ण रुपमा सरसफाईमैत्री पालिका निर्माण गर्ने लक्ष्य अनुरुप गाउँपालिकास्थित मानेभञ्ज्याङदेखि नौलाखर्कसम्मका सडक, बजार, सार्वजनिस्थलहरु सरसफाई गरिनुका साथै फोहोरमैला व्यवस्थापनका लागि बजार, सडक र पार्कमा डष्टविन राखिएको। फोहोरमैला व्यवस्थापनबारे पूर्ण सरसफाई कार्यक्रमका कर्मचारीहरुबाट सडक नाटक समेत प्रस्तुत गरिएपछि गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा सरसफाई कार्यक्रम सञ्चालन भएको हो । सरसफाई कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षाकर्मी, स्थानीय व्यापार व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । 

मिति: 12/12/2023 - 15:33

गाउँपालिकाद्वारा निःशुल्क जग्गा दिने १८ जना जग्गादातालाई सम्मान

मिति: 11/07/2022 - 10:58
गाउँपालिकाद्वारा निःशुल्क जग्गा दिने १८ जना जग्गादातालाई सम्मान

Pages